मन्त्रिपरिषद्को निष्कर्ष- मेयर बालेनको अभिव्यक्ति ‘अराजक’

मंगलबार, चैत २८, २०७९

काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहको भीआईपी क्षेत्रका फोहोर नउठाउने अभिव्यक्ति ‘अराजक’ भएको निष्कर्ष निकालेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग भनिन्, ‘सिंहदरबार, शीतल निवासलगायतका क्षेत्रबाट फोहोर नउठाउने काठमाडौं महानगरपालिका प्रमुखको अभिव्यक्ति अराजकरूपमा आएको भन्ने कुरा बैठकमा भयो ।’

नीतिगत व्यवस्थामै त्यस क्षेत्रका फोहोर स्थानीय तहले उठाउने भनिएको स्मरण गराउँदै मन्त्री शर्माले त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताइन् । ‘कि त नीतिगत व्यवस्था नै फेर्नुपर्‍यो । कि त फोहोर स्थानीय तहले उठाउनुपर्‍यो,’ उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्