रास्वपाले लियो ढाकारामसँग बयान, भने–अडियो नै मेरो होइन

मंगलबार, चैत २८, २०७९

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाराम श्रेष्ठसँग अडिओ प्रकरणबारे बयान लिएको छ ।

पार्टीको अनुशासन तथा आचरण कमिटीले मंगलबार सांसद ढकालसँग बयान लिएको छ ।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको बयानका क्रममा दाबी गरेका छन् ।

अनुशासन समितिका प्रमुख भरत देवकोटाले दिएकाे जानकारी अनुसार श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो । उनले प्रसाईंसँगको अडिओ सम्पादन गरिएको दाबी गरेका छन् । उनले प्रसाईलाई नचिनेको र उनीसँग फोन संवादसमेत नगरेको जिकिर गरेका छन् ।

प्रमुख देवकोटाले श्रेष्ठसँग सोधपुछ गरिएको प्रतिवेदन आजै सभापति रवि लामिछानेलाई बुझाउने तयारी भइरहेकाे बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्