अडियो प्रकरणबारे छलफल गर्न रास्वपाले बोलायो अनुशासन आयोगको बैठक 

मंगलबार, चैत २८, २०७९

काठमाडौँ– आफ्ना सांसद ढाकाकुमार श्रेष्ठ प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगको बैठक बोलाएको छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने तय भएको एक नेताले जानकारी दिए ।

बैठकमा सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग दुई करोड रुपैयाँ मागेको अडियोबारे छलफल हुने ती नेताले बताए ।

अडियो सार्वजनिक भएपछि पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरी छानबिन गरिरहेको छ ।

यता, श्रेष्ठले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन् । अनुशासन आयोगले यसको अनुसन्धानपछि निचोड निकाल्ने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्