सरकार र मिटरब्याज पीडितबीच पहिलो चरणको वार्ता सम्पन्न

सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति
आइतबार, चैत २६, २०७९

काठमाडौँ– मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ ।

आइतबार काठमाडौँको शान्तिबाटीका भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरुका बिषयमा जानकारी गराएका छन् ।

मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन वार्तामा बस्ने जनाएका छन् ।

वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली शान्तिबाटीका पुगेको थियो । गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरुको माग सहितको पत्र प्राप्त भएको जानकारी दिए । उनले सरकारको तर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताए ।

सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उनको भनाइ छ ।

त्यस्तै, पीडितको तर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीरपूर्वक सुनेपछि आगामी वार्ताले माग पुरा हुने वा नहुने टुङ्गो लाग्ने बताए ।

उनले सरकारसँग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताए । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्