बाटो मिचेर बनाइएका प्रहरी बिटमा पनि डोजर चलाउने बालेनको तयारी

शनिबार, चैत २५, २०७९

काठमाडौं– सडक अतिक्रमण गरेर बनाइएका नेपाल प्रहरीका प्रहरी बिटहरूमा काठमाडौं महानगरपालिकाले डोनर चलाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरमा बाटो मिचेर बनाइएका नेपाल प्रहरीका संरचना हटाउन आग्रह गरेका छन् । कानुनको कार्यान्वयन गराउने प्रहरीले नै कानुन मिचेको आरोप लगाउँदै उनले ती संरचनाहरू प्रहरीले नहटाए महानगरले डोजर चलाएर हटाउनेसमेत बताएका छन् । उनले काठमाडौं महानगरभित्र बाटो मिचेर बनाएका विभिन्न १९ वटा प्रहरी बिटहरू रहेको उल्लेख गर्दै तुरुन्त हटाउन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकिएको मेयर बालेनले जनाएका छन् ।

‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ’,बालेनले भनेका छन् ।

यी हुन् बाटो मिचेर बनेका प्रहरीका १९ वटा बिटहरुः

191680935614.jpg

181680935598.jpg

171680935584.jpg

 

161680935572.jpg151680935561.jpg

141680935546.jpg

131680935533.jpg

121680935522.jpg

111680935511.jpg

101680935500.jpg

91680935490.jpg

81680935481.jpg

71680935472.jpg

61680935457.jpg

51680935444.jpg

41680935435.jpg

11680935382.jpg

21680935403.jpg

फोटो स्रोतः बालेन शाहको फेसबुक

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्