एन्ट्रि लेभल च्याम्पियन रियलमी सी ५५ नेपाली बजारमा आउँदै

शनिबार, चैत २५, २०७९

काठमाडौं–विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले सि सिरिजको लेटेस्ट् मोडल सि–५५ चाँडै नै नेपाली बजारमा आउने भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मूल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँबेन्च मार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ । त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स जस्ता कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ ।  

यसमा भएको सबैभन्दा मुख्य फिचर हो यसको ६४ एमपिको क्यामरा हो । जो यसभन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन । त्यसैले क्यामराको मामिलामा त यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ । त्यस्तै जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ ।  

त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यस मूल्यका फोनहरूमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । 

यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७.८९ एमएम जुन यो मुल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो । 

यसमा ८ जिबिको ¥याम र १६ जिबिको डाइनामिक ¥याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । 

यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगमा उपलब्ध छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्