नेभिगेशन
अर्थ विविध

आगामी आर्थिक वर्षको बजेटको मस्यौदा लेख्ने जिम्मेवारी भुपाल बराललाई

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि ल्याइने बजेटको मस्यौदा लेख्न समिति गठन गरेका छन् ।

मन्त्री डा. महतले आज (चैत २४ गते) मन्त्रीस्तरीय निर्णय गर्दै समिति गठन गरेका छन् । समितिको संयोजक भुपाल बराललाई बनाइएको छ । बराल अर्थमन्त्रालयका सहचिव हुन् ।

यस्तै, मस्यौदा समितिको सदस्यहरुमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ने, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन् ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध