नेभिगेशन
अर्थ विविध

दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब नोक्शान हुँदैछः नेता कोइराला

काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मस्यौदा गरिरहेको दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्शान हुने दाबी गरेका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल संचालनमा आएको २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भएपनि भित्र भित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने व्यवस्था मिलाउने काम भइरहेको उनको आरोप छ ।

‘अहिले एउटा एक्ट आउँदैछ । ऐन आउने भनेर सुनिरहेका छौँ हामीले । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ तर त्यो एक्टले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्शान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो,’ डा. कोइरालाले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

सुनसान बने ‘होमस्टे’