नेभिगेशन
अर्थ विविध

विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनको लागि राष्ट्रिय नीति ल्याउन लागेको जानकारी दिदै उनले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने धारणा राखे । विज्ञापनको धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर रहेको भन्दै दायरामा ल्याउन पहल गर्न उनले आग्रह गरे ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको मन्त्री रिजालको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध