महानगरविरुद्ध सुकुम्बासी धर्नामा [तस्बिरहरू]

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– थापाथली  क्षेत्रका सुकुम्बासीले काठमाडौँ महानगरपालिकाअगाडि धर्ना दिएका छन् ।

काठमाडौँको बागदरस्थित महानगरको कार्यालयअगाडि उनीहरूले धर्ना दिएका हुन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी अव्यवस्थितहरू एक हौ’ भन्ने मुल नाराको साथ उनीहरू धर्नामा बसेका हुन् ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको भू–स्वामित्व सहितको सुरक्षित र स्थायी बसोवासको व्यवस्थापन गर्न समन्धित निकायको ध्यानाकर्षण गराउन न्यायका लागि र्‍याली तथा धर्ना कार्यक्रम गरेको उनीहरूको भनाइ छ । 

सुकुम्बासीहरूले बिनाविकल्प उठिवास गर्न पाइँदैन, वार्ता र संवादको ढोका खुल्ला गर, भूमि अभियानकर्मी माथिको मुद्दा फिर्ता गर, भू–स्वमित्वसहितको बास सुनिश्चित गर, आफैँले हस्ताक्षर गरेको सम्झौता कार्यन्वयन गरजस्ता नारा लगाएका छन् ।

यता, महानगरले भने आजै गैरीगाउँको सुकुम्बासी बस्ती भत्काउने तयारी गरेको बताइएको छ ।

हेरौँ तस्बिरमा :

sukumbasi (3)1680854126.jpg

sukumbasi (2)1680854126.jpg

sukumbasi (4)1680854126.jpg

sukumbasi (5)1680854126.jpg

sukumbasi (9)1680854125.jpg

sukumbasi (10)1680854125.jpg

sukumbasi (11)1680854125.jpg

sukumbasi (12)1680854125.jpg

sukumbasi (13)1680854125.jpg

sukumbasi (14)1680854125.jpg

sukumbasi (7)1680854124.jpg

 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्