नेभिगेशन
अर्थ विविध

सहकारीले आर्थिक र नेतृत्वमा विकासमा योगदान पुर्‍याएको छः पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौँ– तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकास समेत  गर्ने गरेकोमा  जोड दिएका छन् । 

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन (शुक्रबार) को पहिलो प्यानल बहसमा विभिन्न मुलुकको प्रतिनिधिहरुले सहकारीको समान सहकार्य विषयमा आप्mनो प्रस्तुती दिदै उक्त कुरामा जोड दिएका हुन् । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गरेका थिए । 

अष्ट्रेलियाबाट सहभागी विजनेस काउन्सिल अफ को अपरेटिभ म्युचियल प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जिडीपीमा समेत सहकारीको ठुलो योगदानको जोड दिएको बताएकी छन् । 

यस्तै, उनले आर्थिक सहभागिता र स्वायत्तता र स्वतन्त्राता शिक्षा, तालिम र सचना सहकारी बीचको सहकार्य गर्ने जोड दिएकी थिइन् । उनले सहकारीमा महिलाको सहकार्यले नेतृत्व विकासँगै ग्रामीण क्षेत्रको समेत विकास योगदान पुराएकोमा जोड दिइन् । सहकारीको सहकार्यले देशको आर्थिक विकाससँग देशको दियो विकासमा ठुलो भूमिमा खेलेको उनको भनाइ छ ।

भारतबाट प्रतिनिधित्व गरेका आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले पछिल्लो समय सहकारीमा समान सहकार्यले महिलाहरुको समेत राम्रो भएको बताए । उनले सहकारीमा महिलाको सहभागिताले मुलुकको आर्थिक विकास समेत सहयोग पुगेको धारणा राखे । 

उनले पछिल्लो समय सहकारीहरुमा विचलन आएको हो कि भन्ने प्रश्न समेत गरेका थिए । सहकारी अभियान्ता विचलन नहुन जोड दिदै उनले सहकारी अभियानतामा विचलन आउँदा पछिल्लो समय सहकारीमा समस्या आएको धारणा व्यक्त गरेका थिए ।  सहकारीहरु स्वनियममा सञ्चालन हुने संस्था भएकाले सरकारले सहकारीमा आएको समस्याको सहजिकरण मात्र गर्नुपर्ने तर नियन्त्रण र को निर्देशन आवश्यक नभएको उनको धारणा छ ।

भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकज कुमार बंशलले सहकारीहरुको पहिचान संकटमा परेकोतर्फ इङ्कित गरे । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले प्यानल डिस्कसनको सहजीकरण गर्दै पंकज बंशलले सहकारीलाई विश्वासनीय बनाएर स्वनिमयमा चलाउनु पर्नेमा जोड दिएको  बताए । सहकारी स्वनियममा नरहँदा सहकारीको विश्वासनियता माथि ठुलो चुनौती आएको जनाए । सहकारीमा समान सहकार्यल नेतृत्वको विकासँगै  मुलुकको दिगो विकास समेत योगदान पुर्‍याएको उल्लेख गरे ।   

पत्रकार कनकमणि दिक्षितले सहकारी क्षेत्रको समाचार सम्प्रेषण गर्नु संचार क्षेत्रको अनिवार्य दायित्व भएको औंल्याउँदै मुलुको भविष्य सहकारी क्षेत्रमा रहेको बताए ।

पहिलो प्यानल डिस्कसन उठेका प्रश्नको जवाफमा डा. खतिवडाले सहकारीलाई नियमन गर्ने सहकारीको छुट्टै ऐन कानुनको आवश्यक भएको बताए । उनले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने र निकाय स्थापना गर्ने सुझाव दिए । 

महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागिता छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

सुनसान बने ‘होमस्टे’