सूर्य नेपालको मिन्ट–ओ बाइट टफी बजारमा

बिहीबार, चैत २३, २०७९

काठमाडौं –सूर्य नेपालले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्ट–ओ बाइट बजारमा सार्वजनिक गरेको छ । ‘फ्रेसनेस इन एभ्री बाइट’ को नारासहित प्रवद्र्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्विस्ट ¥याप प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसको प्रयोगले अद्भुत शीतलताको आभाषको साथै रिफ्रेसिङ अनुभव गराउने र ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ कम्पनीको दाबी छ ।

नेपालभरिका खुद्रा पसल तथा सुपरमार्केटहरूमा मिन्ट–ओ बाइट ५ रूपैयाँमा २ वटा उपलब्ध हुने कम्पनीले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्