बिहीबार ८.२८ अंकले घट्यो सेयर बजार, ९२ करोड बराबरको कारोबार

बिहीबार, चैत २३, २०७९

काठमाडौं– साताको पाँचौ दिन बिहीबार सेयर बजार ८ दशमलव २८ अंकले घटेको छ । नेप्सेका अनुसार, बिहीबार शून्य दशमलव ४४ प्रतिशतले घटेको सेयर बजारमा २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच भयो । जसबाट ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेयर बजार १८६६ दशमलव ७९ विन्दुमा आएर रोकिएको छ । २१६ वटा सूचीकृत कम्पनीमध्ये बुधबार १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

कालीन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ९दशमलव ९८ प्रतिशतको नाफा बुक गरे भने सिटिजन्स म्युचुअल फन्ड–२ ले  ९दशमलव ९४ प्रतिशत नाफा कमायो ।

सामलिङ पावर कम्पनी लिमिटेडको ७ दशमलव ४३ प्रतिशतले घाटा भएको छ । बिहीबार सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडले ४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडले नै १ लाख २० हजार ५५८ कित्ता र ६६६ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्