रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी नेपाली बजारमा

बिहीबार, चैत २३, २०७९

काठमाडौं–ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरि दुईवटा फोनहरू समावेश छन् ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भर्खरै  लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन रहको जनाएका छन् ।

यसमा जडित रेड्मी नोट १२ प्रो ५जी लामो समयसम्म चल्छ । साथै, यसमा भएको फ्ल्यागशिप ६७ टर्बो चार्जिङ सुविधाले १५ मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्दछ । दैनिक आधारमा मूल्य र विश्वसनीयता प्रदान गर्दै आएर्कोै, रेड्मी नोट १२ले एमएमटी प्रविधिको साथ ३३ वाटको छिटो चार्जिङ रहेको छ जसले स्थिर र प्रभावकारी प्रक्रिया सुनिश्चित गर्दछ ।

रेड्मी नोट १२ का तीन स्टोरेज भेरियन्टमा उपलब्ध यो फोनको मूल्य क्रमशः २२ हजार ९९९,  २४ हजार ९९९ र  २६ हजार ९९९ रहेको छ ।

यस्तै रेड्मी नोट १२ प्रो ५जीका २ स्टोरेज भेरियन्टमा उपलब्ध फोनको मूल्य क्रमशः ३८ हजार ९९९  र ४१ हजार ९९९ रहेको छ ।

साथै, वर्षा राउतद्वारा रेड्मी नोट १२ सिरिज, आज निऊँ रोडको ताम्राकार हाउसमा लन्च हुने भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्