उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठ समूहको वाचापत्र सार्वजनिक

बिहीबार, चैत २३, २०७९

काठमाडौं –नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठ तथा उनको टिमले आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले वाचापत्र सार्वजनिक गरेको हो ।

वाचापत्र सार्वजनिक गर्दै जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने बताए । नेपाल जस्तो देशमा कुनै पनि व्यवसाय टिकाउन व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्नेमा जा्ड दिए ।

महासंघलाई नयाँ उचाईमा पु¥र्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले प्रतिवछता जनाए ।

आफ्नो टिमले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने पनि उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आआफ्नो उम्मेदवारी घोषणा गरे ।

अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए ।

यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरूले समेत आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरे ।

Candidates_21680762937.jpeg

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्