फोटोन गाडी खरिद गर्न आकर्षक स्किम

बुधबार, चैत २२, २०७९

काठमाडौं–फोटोन मोटर्सको आधिकारिक डिलर एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले टुनल्याण्ड पिकअप गाडीहरूको लागि नयाँ वर्षको आकर्षक स्किम ल्याएको छ ।

‘फ्युल योर एम्बिसन आउन योर टनल्यान्ड’ नामक यो अफरले ग्राहकहरूलाई ९ दशमलव ९९ प्रतिशतको कम ब्याजदर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश रहेको कम्पनीको भनाइ छ ।

यो नयाँ वर्षको अफरसँगै, ग्राहकहरूले अब अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्छन् ।

यस अफरको फाइदा लिन ग्राहकहरूले एमए डब्लु वृद्धिको कुनै पनि शोरुममा गएर ग्राहक प्रतिनिधि प्रतिनिधिसँग कुरा गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्