माओवादी अब फर्केर संसद्मा आउन सक्दैन : योगेश भट्टराई

मंगलबार, चैत २१, २०७९

काठमाडौँ–  नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब फर्केर संसदमा आउन नसक्ने टिप्पणी गरेका छन् ।

एमाले दैलेखको ठाटीकाँध गाउँपालिका कमिटीले गरेको मिसन ग्रासरूट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

सचिव भट्टराईले नेकपा माओवादी केन्द्र हिजो जस्तो फर्केर आउन नसक्ने बताए । उनले भने, ‘हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै थियो। हामीले देखेका थियौं । आज त्यो भल सुक्दै गएको छ। फर्केर बाढी आउनेवाला छैन । त्यसैले अहिले यता र उता हाम फाल्नु परेको छ। उनले भने, ‘जसरी भए पनि प्रधानमन्त्री बन्ने । किन भने अर्को पटक प्रधानमन्त्रीमा आउन सकिँदैन नि। तर, एमालेले यस्तो बल गर्दैन । किन गर्दैन भन्दा एमाले जतिबेला पनि आउन सक्छ’ एमालेको त जति पनि सत्तामा आउने बाटो छ।’

सचिव भट्टराईले सरकार लुते र कमजोर भएकाले देशको अर्थतन्त्रमा आएको समस्या समाधानमा सकस देखिएको बताए । सचिव भट्टराईले केही नेताले पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्