बालुवाटारमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल

मंगलबार, चैत २१, २०७९

काठमाडौँ– सरकारको साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल गर्न बैठक बसेको छ । 

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सत्ता साझेदारका शीर्ष नेताहरूको बालुवाटारमा बैठक बसेको हो । 

बालुवाटार स्रोतका अनुसार बैठकमा न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुनेछ । 

आवश्यक परिमार्जनसहित छिटो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गर्न दलहरूलाई नै जिम्मेवारी दिइएको थियो । बैठकमा मन्त्रीहरू तथा सत्ता साझेदारका शीर्ष नेताहरू उपस्थित रहेका छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्