सीमा क्षेत्रका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्छु : गृहमन्त्री श्रेष्ठ

सोमबार, चैत २०, २०७९

काठमाडौँ– नवनियुक्त उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा  मन्त्री श्रेष्ठले सीमा क्षेत्रमा देखिएको अवैध गतिविधि रोक्नका सरकार निर्मम ढंगले अघि बढ्ने र कुनै दवाव बिना काम गर्न निर्देशन दिए । अवैध गतिविधि रोक्न सवैले आफ्नो ठाउबाट योगदान गर्न जरुरी रहेको र गृह मन्त्रालयको सबै संयन्त्रलाइ परिचालन गरिने उनले बताए ।

त्यस्तै, अर्थमन्त्री डा.प्रकाशशरण महतले कर छलि हुन थालेको र राजस्वको दायरा घट्दै गएको पाइएकाले यसमा मन्त्रालय गम्भीर भएर अघि बढ्ने बताए । उनले कर आतंक गर्ने योजना नरहेको भन्दै कर छलि गरेको पाइए कुनै ‘कम्परमाइज’ नगर्ने स्पष्ट पारे ।

बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक लगाएत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्