मछिन्द्रमा भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेन अनुवन्धित

सोमबार, चैत २०, २०७९

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई अनुवन्ध गरेको छ ।

मछिन्द्रले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई क्लबमा अनुवन्ध गरिएको जनाएको हो । 

मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै भुटानी रोनाल्डोको नामले प्रख्यात चेन्चो लिगको छैटौं चरणमा मछिन्द्रको जर्सीमा देखिने छन् । 

चेन्चोले हालै भारतको आईलिग क्लब पन्जाब एफसीबाट खेलेका थिए । पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ । चेन्चो प्रधानमन्त्री थ्री नेसन्स कपपछि नेपालमै रहेका छन् । थ्री नेसन्सपछि चेन्चोले मछिन्द्रको टोलीमा प्रशिक्षण सुरु गरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्