१७ अंकले घट्यो सेयर बजार, करोडमा झर्‍यो कारोबार

सोमबार, चैत २०, २०७९

काठमाडौँ– साताको दोस्रो दिन पूँजीबजार मापक (नेप्से) झन्डै १७ अंकले घटेको छ । नेप्सेका अनुसार, सेयर बजार १६.६७ अंकले घटेको हो ।

आज ०.८८ प्रतिशतले घटेको सेयर बजारमा २८ लाख २९ हजार ४२६ कित्ता सेयर किनबेच भयो । जसबाट ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

अधिकांश समूहको उपसूचक घटेर आज १८७१.८८ बिन्दुमा गएर सेयर बजार बन्द भएको छ । कुल २१६ कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज कालीन्चोक दर्शन लिमिटेडले सबैभन्दा बढी नाफा कमायो । उक्त कम्पनीले १० प्रतिशतको सर्किट लेभलको कारोबार गरेको छ भने महुली लघुवित्त वित्तिय संस्थाले ३.१६ र विशाल बजार कम्पनी लिमिटेडले २.५० प्रतिशतले नाफा कमाएका छन् ।

८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ ले १० प्रतिशतको हाराहारीमा घाटा ब्यहरोको छ। यता, सबैभन्दा बढी नबिल बैंक लिमिटेडले कारोबार गरेको छ । बैंकले ३ करोड ६२ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको १ लाख ४० हजार ६४७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी पटक कारोबार हुनेमा सुपर माइ हाइड्रोपावर लिमिटेड परेको छ । कम्पनीले २१५४ पटक सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्