गेमरहरूको फेभरेट रियलमी नार्जो सिरिज

सोमबार, चैत २०, २०७९

काठमाडौं –मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गइरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि हो ।

अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्रतिस्पर्धी हुँदै गइरहेको छ । बजारमा विभिन्न स्मार्टफोन ब्रान्डका १०० भन्दा बढी फ्रेश मोडलहरू उपलब्ध रहेका छन् । ती मध्ये एक हो रियलमी, जसले एकदमै आकर्षक मूल्यमा गेमिङ फोनहरु उपलब्ध गराउँदै आइरहेको छ । महँगो मूल्य पर्ने फ्ल्यागशिप फोनहरूमा मात्र पाइने फिचरहरू पनि यसले आफ्नो बजेट स्मार्टफोनहरूमा राखेकोले यो फोनलाई रुचाउने धेरै छन् । 

रियलमी नार्जो सिरिज स्मार्टफोनहरू हेर्नमा आकर्षक त छन् नै साथै गेमिङ फोनमा हुनुपर्ने सबै फिचरहरू र सुविधाहरू पनि छन् । गेम खेल्न मात्र नभएर दैनिक प्रयोजनको लागि पनि यी फोनहरू अत्यन्तै उपयुक्त छन् र यिनीहरुको मुल्य पनि अत्यन्तै चित्त बुझ्दो छ ।

यदि तपाईं भ्यालु–फर–मनि स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने नार्जो ५० एकदम उपयुक्त रोजाइ हो । यसमा भएको १२ एनएमको एडभान्सड् मेडियाटेक हेलियो जि ९६ चिपसेट र माली जी ५७ एमसी २ जीपीयूर्ले  गेम खेल्दा गज्जबको अनुभव प्रदान गर्छन् ।

४ जीबी र ६ जीबी र्याम अप्सनमा आउने नार्जो ५० आइमा डिआरइ (डाइनामिक ¥याम एक्स्पान्सन) फिचरले गर्दा ११ जिबि सम्म बढाउन मिल्छ जसले स्टोरेजको चिन्ता बिना नलिकन सिमलेस गेमिङको गर्न सजिलो बनाउँछ ।

उत्कृष्ट गेमिङ एक्स्पिरियन्सको लागि फोनमा हुनैपर्ने चिज हो, हाइ क्वालिटी डिस्प्ले । ६.६ इन्चको ब्राइट, फुल एचडि प्लस एलसिडि स्क्रिन भएको यसको डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेट र १८० हर्जको अडप्टिभ टच स्याम्प्लिङ् रेट भएकोले स्मुथ, रेस्पोन्सिभ र क्लियर भ्युइङ इक्स्पिरियन्स लिन सकिन्छ ।

त्यस्तै, गेमिङ फोनहरूमा हुनैपर्ने अर्को फिचर हो, जाइरो सेन्सर जुन यो मुल्यका कुनै पनि फोनहरूमा उपलब्ध छैन् । ब्याट्रिको कुरा गर्नुपर्दा यसमा ३३ वाटको क्विक चार्जिङ युक्त ५००० एमएएचको शक्तिशाली वायर्ड ब्याट्रि रहेको छ, जुन एक घण्टाभन्दा कम समयमै पुरै चार्ज हुन्छ । यस्तो शक्तिशाली ब्याट्रि हुँदा हुँदै पनि यो फोन कम्प्याक्ट र हलुका छ ।

गेमिङकै लागि डिजाइन गरिएको भए पनि गेम नखेल्ने मानिसहरुको लागि पनि यो फोन उत्तिकै राम्रो छनोट हो । ५० मेगापिक्सलको ट्रिपल एआइ क्यामरा सेटअप सहितको यस रियलमी नार्जो ५० आइमा सेल्फीको लागि १६ मेगापिक्सलको क्यामरा रहेको छ । लेटेस्ट कनेक्टिभिटी अप्सन सहित उपलब्ध यस नार्जो ५०आइमा फिंगर प्रिन्ट सेन्सर साइडमा राखिएको छ ।

ग्लास र प्लास्टिकको सिङल स्ल्याबमा प्याकेज्ड यो फोनको मूल्य ४÷६४ जिबि भेरियन्टको लागि २३ हजार ९९९ छ भने ६÷१२८ जिबि भेरियन्टको लागि २७ हजार ४९९ रुपैयाँ छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्