‘मैनाली कथा सम्मान’ डा. पुडासैनीलाई

सोमबार, चैत २०, २०७९

काठमाडौं –स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले ४२ औँ कथा दिवस मनाएको छ । कथा दिवसको अवसरमा ‘मैनालीका कथामा पूर्वीय आदर्श चेतना’ विषयमा विद्यावारिधि गरेका डा. घनश्याम पुडासैनीलाई ‘मैनाली कथा सम्मान’ प्रदान गरिएको छ ।

कार्यक्रममा संघका आजीवन सदस्य सांसद् रेखा थापालाई सांसद् भएकोमा बधाई तथा शुभकामना पनि प्रदान गरिएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षमा आयोजित कार्यक्रममा सम्मानित पुडासैनी र र यादवलाई कार्यक्रमका प्रमुख अतिथि कथाकार हिरण्यकुमारी पाठकले सम्मान गरेकी थिइन् ।

कार्यक्रममा कथाकारहरू–श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, तुलसीहरि कोइराला, हरि थापा, निर्मलरमण पराजुली, ममता मृदुल, नरेन्दबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठक लगायतले लघुकथा वाचन गरेका थिए ।

कार्यक्रममा कथाकार गुरुप्रसाद मैनालीबारे चर्चा गरिएको थियो । कार्यक्रममा साहित्यकारहरू प्राडा गोविन्दमान सिंह कार्की, शंकर भारती, रमेश श्रेष्ठ, नीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार