एलजीको ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभर’ अफर

शनिबार, चैत १८, २०७९

काठमाडौं –एलजीले नयाँ वर्षलाई लक्षित गर्दै नयाँ अभियान ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभर’ ल्याएको छ । 

अभियानले एलजीका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्रदान गर्नेछ ।

योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजीहोम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक र पक्का उपहारहरू दिनेछ । 

एलजीहोम इन्टरटेन्मेन्ट अन्तर्गतको एलजीओलेड टीभी, एलजी यूएचडी टीभी, वायरलेस स्पिकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरूले ३५ प्रतिशतसम्म बढी क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्