Nic Ad Nic Ad
Nic Ad Nic Ad

माछापुच्छ्रे बैंकले मनायो ‘ग्लोबल मनी सप्ताह’

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी सप्ताह २०२३’ माछापुच्छ्रे बैंक लिमिटेडले मनाएको छ । 

यस वर्ष बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको छ ।

बैंकले देशका सातवटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तक्र्रिया कार्यक्रमहरूको आयोजना गरी ‘ग्लोबल मनी सप्ताह २०२३’ मनाएको हो ।

हाल बैंकले १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा र २०६ एटीएम मार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्