राष्ट्रिय क्रिकेट टोलीका ५ सदस्य सम्मानित

बिहीबार, चैत १६, २०७९

काठमाडौं –फिनिक्स कलेज अफ म्यानेजमेन्टले आईसीसी विश्वकप लिग २ मा सानदार प्रर्दशन गर्दै नेपाललाई विश्वकप छनोटमा पु¥याएको राष्ट्रिय क्रिकेट टोलीका पाँच सदस्यलाई सम्मान गरेको छ ।  

कलेजले बिहिबार एक कार्यक्रम गर्दै राष्ट्रिय टोलीका ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई सम्मान गरेको हो । 

खेलाडीहरुलाई राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले दोसल्ला, प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँले सम्मान गरे । 

पाँचै जना क्रिकेटर फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत छन् । सम्मानित खेलाडीहरूले उनीहरूको शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेज गरेको सहयोगको प्रशंसा गरे । 

कलेजका प्राचार्य प्रा. डा. फत्त बहादुर केसीले खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी पनि भएको बताए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको उनीहरूको लगनले फिनिक्स कलेज अफ म्यानेजमेन्ट सम्पूर्ण विद्यार्थीहरूको पहिलो रोजाइ भएको बताए ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार