Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थविद् स्वर्णिम वाग्लेले छाडे कांग्रेस

सन्देश जारी गर्दै भने देउवा–आरजूको निरन्तर हेपाइ र अपमान
बिहीबार, चैत १६, २०७९

काठमाडौं –अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । वाग्लले नेता कोइरालालाई पठाएको सन्देश महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई पनि पठाएका हुन् ।

वाग्ले वैशाख १० मा तनहुँ –१ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

रास्वपाले सम्भवतः वाग्लेलाई नै तनहुँ –१ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गर्नेछ ।

वाग्लेले सभापति शेरबहादुर देउवाको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको दाबी गरेका छन् । 

‘प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ,’ उनले पठाएको सन्देशमा भनिएको छ, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि सन्देशमा उल्लेख गरेका छन् । 

वाग्लेले सन्देशमा इतर समूहका नेताहरु निर्णाकयक हैसियतमा आएको अवस्थामा कांग्रेससँग जोडिन सक्ने पनि बताएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्