यस्तो बन्दै छ भरतपुर विमानस्थलको टर्मिनल

बिहीबार, चैत १६, २०७९

चितवन–करिब २ अर्ब लागतमा भरतपुर विमनस्थलको नयाँ टर्मिनल भवन बन्न लागेको छ । भवनको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन् ।

भवन ३ वर्षमा निर्माण गरिने लक्ष्य छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको हो । प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ६ चैतमा  केसी–क्षमादेवी–प्रतिस्ता जेभीसँग ठेक्का सम्झौता गरेको छ । 

तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन । एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुरसहित विराटनगर र नेपालगन्जमा पनि चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको थियो । ती विमानस्थलहरूमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । यात्रुको चाप बढ्दा विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहितका हुनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्