Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस नेता सुनिल थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्त

बिहीबार, चैत १६, २०७९

काठमाडौ –राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता सुनिल थापालाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् । 

थापा कांग्रेसका पूर्व सहमहामन्त्री र केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । उनी राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।  थापा २०७७ कात्तिकमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थिए ।

गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका सुनिल मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्