तीन मन्त्रालय नपाए सरकारमा सहभागी नहुने नेकपा एसको निर्णय

बुधबार, चैत १५, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयमा अडान कायम नै राखेको छ ।  पार्टी कार्यालयमा बुधबार दिउँसो बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालय नपाए सरकारमा नजाने बताए ।

उनले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’

उनले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्