अन्तर्राष्ट्रिय फुटबलमा मेसीको १०० गोल पूरा

बुधबार, चैत १५, २०७९

काठमाडौँ– अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले १०० गोल कटाएका छन् ।

काराकाओविरुद्धको खेलमा ३ गोल गर्दै मेसीले १०० गोलको कोसेढुंगा पार गरेका हुन् ।

उनले २०, ३३ र ३७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका छन् । 

यससँगै मेसीकोे अन्तर्राष्ट्रिय गोल संख्या १०२ पुगेको छ ।  

अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले १२२ गोल गरिसकेका छन् ।

यस्तै, इरानका अलि देईको गोेल संख्या १०९ छ । उनले भने सन्यास लिइसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी मियामी जाने निश्चित
बुधबार, चैत १५, २०७९

मेसी साउदी जाने पक्का
बुधबार, चैत १५, २०७९