सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

मंगलबार, चैत १४, २०७९

काठमाडौं –सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ । 

बैंकले आफ्ना देशभरका शाखा र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको हो । 

बैंकले ‘ग्लोबल मनी विक’को यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’लाई अगाडि राखी बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी लगायतका विषयहरूलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरूलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिँदा हुन सक्ने झमेला र ठगी लगायतका विषयमा सचेतना दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्