गाडीको नक्कली पार्टपुर्जाको कारोबार बढ्दै

मंगलबार, चैत १४, २०७९

काठमाडौं–विभिन्न नाकाहरूबाट अवैध रूपमा गाडीका नक्कली पार्टपुर्जाको अवैध कारोबार बढेको छ ।

टाटा गाडिका अवैध पार्टसहरूको कारोबार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका  सञ्चालक ध्रुव सिंह चौहानलाई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाइएको छ ।   

यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरू अप्रत्याशित दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रुपमा कारोवार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्