प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूलाई भेट्ने

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूले भेट्ने भएका छन् ।

पीडितका प्रतिनिधिहरूले आफूहरूलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री प्रचण्डले आजै मिटरब्याज पीडितहरूसँग भेट्ने तयारी गरेकोे उनको सचिवालयले जनाएको छ । 

मिटरब्याज पीडितहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टङ्गालमा रोकेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्