इन्जिनियर लाइन्सेन्स परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]

मंगलबार, चैत १४, २०७९

काठमाडौं– नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरको लाइसेन्स परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा २८ दशमलव ५ प्रतिशत परीक्षार्थी पास भएका छन् ।

लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८ दशमलव ५ प्रतिशत मात्र परीक्षार्थी पास भएको परिषदले जनाएको छ ।

परिषदले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्