मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरिएको हो ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा छन् ।

सरकारले आफ्नो समस्याप्रति बेवास्ता गरेको भन्दै मिटरब्याज पीडितहरू बर्दिबासबाट काठमाडौँसम्म पैदलै आएर आन्दोलन गरिहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार