कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।

कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहान ११ बजेसम्मका लागि सरेको जानकारी दिए ।

बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने पौडेलले बताए ।

कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्