पार्टीमाथि चौतर्फी आक्रमण भएको अध्यक्ष ओलीको दाबी

नेकपा (एमाले) पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट
सोमबार, चैत १३, २०७९

गुल्मी– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका छन् । 

एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको बृहत् प्रशिक्षण कार्यक्रममा उनले पार्टीमाथि चौतर्फी आक्रमण भएको दाबी गरे ।

पार्टी र सङ्गठनलाई दरिलो बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कार्यक्रकर्तालाई निरन्तर पार्टीको काममा खटिन निर्देशन दिए । उनले भने, ‘पार्टी निरन्तर चलायमान हुनुपर्छ, गतिशील बनाउनुपर्छ ।’

एमाले पार्टीमा बिर्सेर पनि गैरएमाले प्रवृत्ति गर्ने र पार्टीलाई धमिलो बनाउने काम गर्न छुट नभएको अध्यक्ष ओलीले स्पष्ट पारे । 

कार्यक्रमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट लगायतका केन्द्रीय नेताहरूले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पूरा गर्न पनि एमाले राष्ट्रिय शक्ति बन्न आवश्यक रहेको औँल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्