प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

सोमबार, चैत १३, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डसँग सभामुख घिमिरेले सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा चासो राखेको बताइएको छ ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्य व्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको दमननाथ ढुंगानालगायत केही पूर्वसभामुखले पनि आरोप लगाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार