कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक 

सोमबार, चैत १३, २०७९

काठमाडौँ– सरकारमा जान मन्त्री छान्ने कसरत गरिरहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  

कांग्रेसले मंगलबारका लागि बैठक बोलाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबारका दिन बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ,’ उनले आज बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए ।

No photo description available.

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्