चलचित्र विकास बोर्डको सदस्यमा पीडित र अधिकारी नियुक्त

शुक्रबार, चैत १०, २०७९

काठमाडौं –चलचित्र विकास बोर्डको सदस्यमा २ जना नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले बोर्ड सदस्यमा चलचित्र निर्देशक केएल पीडित र निर्माता रवि अधिकारीलाई नियुक्त गरेको हो । आगामी २ वर्षका लागि उनीहरूलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।

दाङ घर भएका पीडित नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत हुन् । उनले थारु भाषाको फिल्म ‘भुइँयार’ र ‘लावाजुनी’ को निर्देशन गरेका छन् । यस्तै अधिकारी चितवनका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार