नागरिक र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : नेता कोइराला

मंगलबार, चैत ७, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा उहाँले कांग्रेस सधैँ नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।

‘प्रेस स्वतन्त्रता बिना लोकतन्त्र फस्टाउन सक्दैन, कांग्रेसले सञ्चार क्षेत्र र प्रेस स्वतन्त्रतालाई सधैँ सकारात्मकरूपमा हेर्दै आएको छ’, उनले भने । उनले आगामी केही दिनभित्रै कांग्रेस सरकारमा जान लागेको जानकारी दिँदै कांग्रेसलाई सरकारमा गएर गल्ती गर्ने कुनै छुट नभएको बताए ।

नेता डा.कोइरालाले सरकारमा गएर दश दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको भएको उल्लेख गरे । वर्तमान सत्ता गठबन्धलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्