Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी [पत्रसहित]

मंगलबार, चैत ७, २०७९

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा दिइएको ‘क्लिन चिट’ विरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

यसअघि लामिछानेविरुद्व राहदानी दुरुपयोगको आरोप लगाउँदै मुद्दा दायर गर्ने युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन् । सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एवं कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको सफलको आरोप छ ।

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको सफलले बताएका छन् ।

उनले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको जानकारी दिए ।

लामिछानेलाई जोगाउन जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरूले अख्तियार दुरुपयोग गरेको उनको आरोप छ । यो मुद्दामा जोडिएका पदाधिकारी र कर्मचारीविरुद्ध  पनि उनले उजुरी दिएको बताएका छन् ।

ravi1679380247.jpg

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्