सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन २१ चैतमा

मंगलबार, चैत ७, २०७९

महेन्द्रनगर–महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन २१ चैतमा हुने भएको छ ।

यसअघि ८ चैतमा निर्वाचन तोकिए पनि विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच २१ चैतमा निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण भट्टले जानकारी दिए । 

‘निर्वाचनका लागि दर्ता भएका सबै विद्यार्थी संगठनबीच भएको छलफलमा २१ गते निर्वाचन गर्ने सहमति भएको छ’, उनले भने, ‘विद्यार्थी भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।’

उनका अनुुसार ११ चैतसम्म भर्ना भएका विद्यार्थीले मताधिकार प्रयोग गर्ने पाउनेछन् । सुदूरपश्चिम विश्वविद्यालयले ८ चैतमा तोकेको निर्वाचनमा अन्य ५ वटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण निर्वाचन अनिश्चित बनेको छ । ८ चैतमा सुदूरपश्चिम विश्वविद्यालयका १० आङ्गिक क्याम्पसमा निर्वाचन हुँदैछ । विश्वविद्यालयमा केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पस  छन् ।


 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार