आईएमई पेले ल्यायो ‘५ को ५’ अफर

आइतबार, चैत ५, २०७९

काठमाडौं –आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

१ चैत्रदेखि १५ सम्म चल्ने यस अफरमा ग्राहकहरूले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैंकिङबाट, डेबिट÷क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरूले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् । 

यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरूबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् । यो रकम विजेताको वालेटमा लोड हुनेछ ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्