Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी मुद्दा दायर नगरिने

आइतबार, चैत ५, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाउनु नपर्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठहर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै त्यहाँबाट उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाइएको हो ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिनुमा कुनै बदनियत नरहेको र नेपाली नागरिकता कायमै रहेको अनुमान गरी राहदानी प्राप्त गरेको प्रहरीले तयार पारेको प्रतिवेदनमा जिकिर गरिएको छ ।

प्रहरीले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा कुनै मुद्दा दायर गर्नु नपर्ने ठहर गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलका तर्फबाट पनि मुद्दा दायर गर्नु नपर्ने ठहर गरिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्