कांग्रेसकोे कार्य सम्पादन र संसदीय दलको बैठक आज बस्दै

आइतबार, चैत ५, २०७९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।

बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्