१० दलको बैठक जारी, विश्वासको मत र मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित

शनिबार, चैत ४, २०७९

काठमाडौँ–  सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 

केही बेरअघि सुरु भएको १० दलीय गठबन्धनको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आगामी सोमबार संसदमा लिने विश्वासको मतबारे छलफल केन्द्रित हुने बताइएको छ । 

यसअघि विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका थिए । 

साथै, आजको बैठकमा मन्त्रिपरिषद विस्तारसहित सदनमा पेस गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकलगायतका एजेन्डामा छलफल हुने बताइएको छ । 

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस सरकारमा सहभागी हुनेबारे बैठकमा छलफल गरिने एक नेताले बताए । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्