पोल्यान्डले युक्रेनलाई ४ लडाकु विमान दिने

शुक्रबार, चैत ३, २०७९

काठमाडौं–पोल्यान्डले युक्रेनलाई सोभियतकालीन ४ मिग लडाकु विमान सहयोग गर्ने भएको छ । योसँगै पोल्यान्ड गत वर्ष रूसले आक्रमण गरेयता किभमा लडाकु विमान पठाउने पहिलो नेटो मुलुक बन्नेछ ।
पोल्यान्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले आउँदा दिनमा यी विमान पठाइने र भविष्यमा थप हस्तान्तरण गरिने बताएका छन् ।
यो कदम युक्रेनको हवाई प्रतिरक्षाका लागि स्वागतयोग्य भए पनि अतिरिक्त जेट विमानहरू युद्धमा निर्णायक हुने अपेक्षा भने गरिएको छैन ।
युक्रेनको संसद्की उपसभामुख ओलेना कोन्ड्राट्युकले थप देशहरूले पनि पोल्यान्डको कदम पछ्याउने आशा व्यक्त गरेकी छन् ।
युक्रेनले यसअघि पश्चिमी देशहरूसित एफ–१६ जस्ता आधुनिक लडाकु विमानहरू उपलब्ध गराउन आग्रह गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्