Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिनियाँ राष्ट्रपति रूस भ्रमण गर्ने

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निमन्त्रणा गरेपछि चीनका राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणको लागि रूस जाने भएका छन् । 
सीले मार्च २० देखि २२ सम्म रूसको भ्रमण गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले युक्रेनमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको बेला यो भ्रमण हुन लागेको हो ।
रूसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि फेब्रुअरी २०२२ मा पुटिनले शीतकालीन ओलम्पिकको उद्घाटनका लागि बेइजिङको भ्रमण गर्दा चीन र रूसले ‘नो लिमिट’ साझेदारी गरेका थिए ।
त्यसपछि दुवै पक्षले आफ्नो सम्बन्ध बलियो गराउने प्रयास गरेका छन् । युक्रेन आक्रमणपछि दुई देशबीचको व्यापार बढेको छ ।  
चीन रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता समेत हो । मस्कोको लागि चिनियाँ व्यापार राजस्वको प्रमुख स्रोत हो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्